|

पछिल्लो केही दिनदेखि सामाजिक संजालमा एक भिडियो भाइरल भइरहेको छ - जसमा भारतीय गीतकार सन्तोग आनन्दले आफ्नो जीवनका समस्याहरू भावनात्मक रूपमा बोलेका छन्। उक्त भिडियो रियलिटी शो इन्डियन आइडलको हो-जहाँ उनले भाग लिएका थिए।

यस समयमा शोकी जज नेहा कक्कड़ले उनलाई ५ लाख रुपैयाँ मद्दत गरेकी थिइन्। शुरूमा आनन्दले उक्त पैसा लिन अस्वीकार गरेका थिए। तर, नेहाले उनलाई मनाइन्। र उनी पैसा लिन सहमत भए।

यो घटनाबारे गीतकार आनन्दले हिन्दुस्तान टाइम्ससँग कुराकानी गरेका छन्। अन्तर्वार्तामा उनले उक्त भिडियो भाइरल भइरहेको कुरा गर्दै उनले भनेका छन्, 'एक कलाकारलाई इज्जत र सम्मान चाहिन्छ।'

उक्त घटनामा केही चीजहरू गलत भएको उनले बताए। उनले भने, 'मेरो घर राम्रोसँग चलिरहेको छ, नेहा धेरै राम्री केटी हुन्, जब उनले मलाई ५ लाख रूपैयाँ दिने बताइन्-आफूले त्यो रकम लिन नसक्ने र आफू एक स्वाभिमानी मान्छे भएको बताए।

उनले भनेका छन्, 'मलाई थाहा छैन किन नेहाले मलाई किन पैसा दिइन्, यदी नेहाले मलाई म तपाइँको नातिनी जस्तै हुँ नभनेको भए मैले त्यो रकम लिने थिइन्।'

उनले आजको मितिसम्म कसैसँग दयाको याचना नगरेको बताए। 'म कविहरूको सम्मेलनहरूमा भाग लिन्छु र यसबाट कमाउँछु। जब मलाई कुनै समस्या छैन भने म किन पैसा माग्छु?' उनले भने,

उक्त घटनापश्चात् मानिसहरूले आफूलाई दयाको नजरले हेरेको उनले बताएका छन्। एउटा गीतकारले दयाभन्दा पनि इज्जत र सम्मान चाहने उनले जिकिर गरे।

आनन्दले ७० दशकमा निकै चर्चित गीतहरू लेखेका थिए। उनले लेखेका एक प्यार का नगमा हैपुरवा सुहानी आई रे, मैं ना भूलूंगा, जिंदगी की ना टूटे लड़ी, ये गलियां ये चौबारा लगायतका गीतहरू चर्चित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.