'भ्रष्टाचार नियन्त्रणमा देखिने गरी काम गर्छु'

|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन्।

नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्टाचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानुनसम्मत ढङ्गले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

उनले भने, ‘नागरिक समाज र जनताको अपेक्षा नै भ्रष्टाचार न्यूनीकरण हुनुपर्नेमा छ। त्यो आवाजलाई मेरो कार्यकालमा मेले विगतको भन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।'

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनै पनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। यस्तै, निर्दोष व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउने कुनै पनि व्यक्तिलाई पनि कारबाही गर्ने बताए।

उनले भने, ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हटने छैन तर निर्दोष व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने क्रियाकलाप रहनेछैन।'

कार्यक्रममा उनले बिनापूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर मैले कुनै पनि भ्रष्टाचार नियन्त्रणको काम कारबाही अगाडि बढाउने पनि प्रतिबद्धता व्‍यक्त गरे।

विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्टाचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे। आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने पनि प्रमुख आयुक्त राईले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.