|

काठमाडौं : वेस्टइन्डिज क्रिकेट बोर्डले श्रीलंकाविरुद्धको घरेलु टी–२० तथा एकदिवसीय सिरीजका लागि १४ सदसीय टीमको घोषणा गरेको छ। ४१ वर्षीय क्रिस गेलले करीब २  वर्षपछि टी–२० टीममा पुनरागमन गरेका छन्।

जँहा तिब्र बलर फिडेल एडवर्डसले ८ वर्षपछि टीममा मौका पाए। गेलले पछिल्लो पटक ८ मार्च २०१९ मा इंग्ल्यान्ड विरुद्ध खेलेका थिए। ३९ वर्षीय फिडेलले भने २०१२ पछि पहिलो पटक टीममा अवसर पाए।

गेल पीएसएलमा

​यो वर्षको अन्तिममा भारतको आयोजनामा टी–२० विश्वकप हुने कार्यतालिका रहेको छ। यसलाई ध्यानमा राख्दै वेस्टइन्डिज क्रिकेट बोर्डले गेललाई टीममा अवसर दिएका थिए। यि दिग्गज खेलाडी अहिले पाकिस्तानमा सुपर लिग क्रिकेट प्रतियोगिता (पिएसएल) खेलिरहेका छन्। फिडेलले भने अबुधाबीमा टी–१० मा प्रतिष्पर्धा गरेका थिए।​

श्रीलंकाविरुद्ध ३ टी–२० सिरीजको पहिलो खेल ३ मार्चमा खेलेका थिए। दोस्रो ५ तथा तेस्रो ७ मार्चमा हुने कार्यतालिका छ। त्यसपछि ३ एकदिवसीय खेल हुने छ। तीन एकदिवसीय सिरीज १०, १२ र १४ तारिखमा हुने कार्यतालिका छ। २१ र २९ मार्चमा दुई टीमबीच टेस्ट खेल हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.