|


डोटी : गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका जिल्लाको शिखर नगरपालिका–७ का ६५ वर्षीय लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ । 

गाउँ नजिकै रहेको शिल्या खोला डाँडाको जङ्गलमा लागेको आगो निभाउने क्रममा उनी बिहीबार साँझ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

आगोमा जलेर गम्भीर घाइते भएका भुललाई बिहीबार नै स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरि दिपायलमा रहेको सुजङ अस्पतालमा भर्ना गरिएको थियो । 
जलेको अवस्थामा अस्पतालमा पुर्‍याइएको भए पनि गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

भुलको दुवै खुट्टाको घुँडाको छाला जलेको, दुवै हत्केलाको पछाडि, टाउँको, निधार, छाती र मुखमा जलेकाले बचाउन नसकिएको उपचारमा संलग्‍न सुजङ अस्पतालका चिकित्सक अर्जुन बलायरले जानकारी दिए। मृतक भुलको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा लगिएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.