|

इटहरी : नेपालका लागि निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले इटहरीमा श्रीजा मोटर्स शोरुम सञ्चालनमा ल्याएको छ।

नाडाका केन्द्रीय सदस्य कपिल सिवाकोटी र नेपाल विज्ञापन सङ्घ प्रदेश नम्बर १ का अध्यक्ष एवम् प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले म्याग्नाइट गाडीको संयुक्त रूपमा लन्च गरेका थिए।

कम्पनीका डिलर इन्चार्ज आशिष् दाहालका अनुसार निशानको उक्त गाडीको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजारसम्म पर्नेछ।

२ सय ५ एम एम ग्राउन्ड क्लियरेन्स रहेको उक्त गाडीको माइलेजसमेत निकै राम्रो भएको कम्पनीको दाबी छ। पूर्वमा हाल निशानको अहिलेको इटहरी शोरुमसंगै विराटनगर सहित बिर्तामोडमा शोरुम रहेको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.