|

काठमाडाैं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति भनी प्रश्न गरेका छन्। 

शनिबार साँझ फेसबुकमा मन्त्री पोखरेलले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद् विघटनको उदाहरण दिँदै त्यसै पृष्ठभूमिमा गाँसिएका नेताहरूले अहिले प्रधानमन्त्री केपी ओलीको राजीनामामा दबाब दिइरहेका लेखेका छन्।

साथै उनले प्रधानमन्त्रीको राजीनामामा माग्ने कामलाई अनुचित, क्षुद्र र अनैतिक भनेका छन्। 

उनले लेखेका छन् –

ताजा जनादेशका लागि तत्कालिन  प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो । मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधान मन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो । यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिदै अहिले प्रधानमन्त्री केपी ओलीले  राजीनामा गर्न दवाव दिइरहेका छन् ११ यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन रु संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.