|

कैलाली : कैलालीको गेटा मेडिकल नजिकै शनिबार बिहान मृत भेटिएका गोदावरी नगरपालिका–५ का शिवचरण रानाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन्।

रानाको हत्या भएको परिवारको दाबी छ। परिवारले हत्यामा संलग्नहरूको पहिचान गरेर कारबाही दायरामा ल्याउनुपर्ने माग राखेको छ। 

सेती प्रादेशिक अस्पतालमा शव परीक्षण गरिएको भएपनि अहिलेसम्म परिवारले नबुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।

शनिबार बिहान मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा रानाको शव भेटिएको थियो। रानाले गेटा आँखा अस्पतालअघि पसल सञ्चालन गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.