|

प्युठान : प्युठानमा एक सुत्केरीको मृत्यु भएको छ। झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आइतबार बिहान बाटोमै मृत्यु भएको प्युठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए।

ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो। उनीको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको  प्रमुख पार्धेले बताए।

नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ। सुत्केरीको शव अहिले प्युठान अस्पतालमा ल्याइएको पनि  उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.