|

काठमाडाैं : स्पेनिस ला लिगा फुटबलमा आज शीर्ष स्थानको एट्लेटिको मड्रिडले भिल्लारियलको सामना गर्दैछ। 

आज राति पौने २ बजे हुने खेलमा सहज जित निकाल्दै एट्लेटिको दोस्रो स्थानको बार्सिलोनासँग अंक दूरी बढाउन चाहन्छ। जारी लिगमा उसको ५५ अंक छ।

दोस्रो स्थानको बार्सिलोनाको ५३ अंक छ। एट्लेटिकोमैदान विरुद्ध उत्रन लागेको भिल्लारियल ३७ अंकका साथ छैटौं स्थानमा छ। लिगका २० खेलसम्म बलियो देखिएको एट्लेटिकले त्यसपछि भने लय गुमाएको छ। पछिल्ला पाँचमध्ये केवल दुईमा जित निकालेको ऊ आजको खेलमा दबाबमा त हुनेछैन। तर आगामी ठूला क्लबसँग खेल हुने हुँदा आज जित्नेपर्ने अवस्थामा भने हुनेछ।  

यता भिल्ला भने पछिल्ला पाँच खेलमा जितविहीन छ। लिगमा हालसम्म सर्वाधिक १३ बराबरी गरेको उसले आज जित हात पारे पनि स्थान परिवर्तन हुनेछैन। 

यसअघि आजै अन्य तीन खेल पनि हुनेछन्। जसमा सेल्टा भिगोले बेलुकी पौने ७ बजे भालाडोलिडसँग खेल्दा राति ९ बजे कर्डिज र रियल बेटिस आमनेसामने हुनेछन् । यस्तै राति सवा ११ बजे ग्रानाडा र इल्चेबीच प्रतिस्पर्धा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.