|

काठमाडौं : बाघको छालासहित प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–६ घर भई काठमाडौं हानगरपालिका–५ हाडिगाउँ बस्दै आएका ३५ वर्षीय मोहन कार्की छन्।

टाउको र नंग्रासहितको करिब ८ फिट लम्बाई र ३ फिट चौडाई भएको बाघको छालासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। मोहनसँग बाघको छाला रहेको र बिक्री गर्न लागेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा छाला फेला पारेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.