|

काठमाडौं :  यो वर्षको जाडो याम अर्थात् विन्टर सिजन आजदेखि समाप्त भई प्रि-मनसुन सिजन सुरु भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि-मनसुन बुलेटिन जारी गर्दै आजदेखि विन्टर सिजन अन्त्य भएको जनाएको हो।​ 

गर्मी याममा अपराह्न र साँझ पख मेघगर्जन र चट्याङको सम्भावना रहनुको साथै हावाहुरी र असिना–पानीको सम्भावना रहने महाशाखाले जनाएको छ। यस्तो मौसममा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । 

आजको मौसम 

आज समान्यतया मौसम सफा रहने छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले समान्यतया सफा रहने भएको हो। 

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै, राति  प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १० दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो २७ देखि २९ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.