|

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम्‌ जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई क्यान्सर नभएको पुष्टि भएको छ। 

भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले जानकारी दिएका हुन्‌।

​वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको जानकारी उनका सहयोगी विश्वदीप पाण्डेले फेसबुकमार्फत सार्वजनिक गरेका छन्‌।

देखिएको ट्युमरलाई भने केही महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकको सुझाव दिएका छन्‌। यदी बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराएका हुन्‌।

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो। उनले प्रोफेसर डाक्टर विक्रम भाटियासँग परामर्श लिएका थिए।

अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल फर्कनेछन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.