|

काठमाडौं : वैदेशिक रोजगार ठगी मुद्दामा डेढ वर्ष कैद र २५ हजार जरिवानको फैसला सुनाइएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

वैदेशिक रोजगार न्यायाधिकरणले २०६८ माघ १७ गते कैद र जरिवानको फैसला सुनाइएका नवलपरासी देवचुली नगरपालिका–१३ घर भई रिलायवल एचआर सोलुसन प्रा.लि.का संचालक ४८ वर्षीय गुरुदत्त पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

पौडेलले सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाएर चार लाख ५० हजार हजार रुपैयाँ गठी गरेको भन्दै भोला प्रसाद सेढाईले जाहेरी दिएका थिए। सिंगापुर पठाउँछु भनेर दुबई पठाई ठगी गरेको पाइएकाले वैदेशिक रोजगार सम्बन्धि कसूरमा वैदेशिक रोजगार न्यायाधिकरणले पौडेललाई एक वर्ष ६ महिना कैद तथा २५ हजार जरिवानाको फैसला सुनाएको थियो। पौडेललाई फैसला कार्यान्वयनको लागि सोमबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरीएको ब्यूरोले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.