|

मनाङ : हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा पहिलो पटक ३३ केभीको केन्द्रीय प्रशारण लाईन पुगेको छ। यहाँको मौसम र वातावरण अनुकुल नभएपछि केन्द्रीय प्रशारण लाईनमा बिद्युत्तीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो। यस पटक भने फाइबर इन्सुलेटरबाट बिद्युत्त चार्ज गरिएसँगै मनाङमा पहिलो पटक  केन्दि«य प्रशारण लाईन जोडिएको हो।

नेपाल विद्युत्त प्राधिकरण  मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदी का अनुसार जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो।

सीमित जनशक्ति  भौगालिक बिकटता  अत्याधिक चिसो जस्ता प्रतिकुल समस्यका बाबजुद पटक पटकको प्रया पछि  भारतबाट फाइवर इन्सुलेटर  झिकाएर जडन गरेपछि सफल भएको केन्द्रका प्रमुख सुबेदीले बताए। उनका अनुसार जिल्लामा कर्यालय स्थापना भएको  १८ महिना नै आफूहरु सफल भएको  बताए।

दशकौँदेखि लघुजलबिद्युत्तको भरमा दैनिकी चलाउँदै आएका मनाङबासीले यो लाईनको विस्तारसँगै आधुनिक प्रविधिका उपरकणसँगसमेत जोडिने विश्वास लिएको वितरण केन्द्रका प्रशासन शाखा प्रमुख गुप्त राना बताउछन्।

उनका अनुसार यो केन्द्रीय प्रसमण लाइन लमजुङको उदिपुर सब इस्टेसन देखी राँधि हाइड्रोसँग कनेक्सन गरी मनाङको चामे गाउँपालिका १ स्यार्कु सबस्टेसनमा जोडिएको हो।

 विक्रम सम्बत २०५१ साल देखी यस जिल्लालाइ केन्द्रीय प्रसारण लाइनमा जोड्न खोजिए पनि  राजनितिक उत्रचडाव ,भौगोलिक बिकटता आवश्यक सामग्रीको अभावका कारण अधुरो रहेको थियो।

तत्कालीन समयमा यस जिल्लाबाट मन्त्री समेत हुनु भएका पाल्तेन गुरुँङले जिल्लालाइ सडक र विद्युतको पहुँच पुराउन आफूले सुरुवत गरेको र आज आफ्नो सपना पूरा भएको बताए। उनका अनुसार सडकले २०५९ सालमा मनाङ जोडियो र अहिले विद्युतको केन्द्रीय प्रसारण लाइन पुग्यो, ढिलै भए पनि सपना पूरा भएकोमा खुसी व्‍यक्त गरे।

साबिकको लघु जलविद्युतको भोल्टेज कम हुने कारण समस्यामा परेका अस्पताल, सामुदायिक विद्यालय,  सरकारी कार्यालय मात्र होइन उद्योगी व्यापारीसमेत यो प्रसारण लाइन आएसँगै लाभान्वित हुने भएका छन्।  लघु जलबिद्युतका कारण सरकारी कार्यलय, वित्तीय संघ संस्थाले दैनिक कामकाजमा हैरानी खेप्नु परेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद लामिछानेले बताए।

अझ स्वास्थ्यको सामान्य भिडियो एक्सरेलाई समेत लाईनको भोल्टेज नपुगेको र अब सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न ३३ केभीको केन्द्रीय प्रशारण लाइन फलदायी हुने जिल्ला अस्पताल प्रमुखको भनाइ छ।

उपरकरणको मागअनुसार विद्युत्तीय प्रवाह हुन नसक्दा आबश्यक उपकरणको प्रयोग गर्न कठिन भएको  देशकै नमुना मानिने मनाङ एग्रो प्रालि यस प्रसारण लाइनले सञ्‍चालनमा आउने  एग्रो प्रालिका सञ्‍चालक समराज गुरुङ बताए।

उनका अनुसार यस कम्पनीबाट उत्पादन हुँदै आएका स्याउ भन्डारणदेखि अफ सिजनमा उपायोग गर्नका लागि  भएका उपकरण सञ्‍चालनमा आउन सकेका थिएनन्। अब यस केन्द्रीय प्रसारणले सहज हुने उनको भनाइ छ।

यस्तै, पर्यटन व्‍यवसायीले विद्युत् आपूर्तिका कारण पर्यटकका सामान्य आवश्यकसमेत पूरा गर्न कठिन भएको र यस प्रसारण जोडिएसँगै अबका दिनमा सबै समस्यको समाधान हुने बताएका छन्।

समान्य कफी मेसिनसमेत सञ्‍चालन गर्न नसकेर दाउराको भरमा काम चलाउनु परेको दुखेसो होटल व्‍यवसायीले बताए।

 पर्यटक आउँछन् मोबाइल, ल्यापटक, क्मेरा चार्ज गर्नसमेत कठिन हुने समस्याले गुनासो आउने होटल व्‍यवसायी सेती गुरुङले बताए। उनका अनुसार केन्द्रीय प्रसाण लाइन जोडिएसँगै  हिटर, असिङ मेसिन  र गिजरसमेत सञ्‍चालनमा आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.