|

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७४ हजार दुई सय १६ जना पुगेको छ।

जसमध्ये सक्रिय संक्रमित ९ सय ६८ छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार सात सय ७७ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो पटक ६४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७० हजार चार सय ७१ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ६१ छ। नेपालमा हालसम्म २१ लाख ६५ हजार ९ सय ८५ जनाको पिसिआर परीक्षण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.