ओलीमा अलिकति पनि नैतिकता नभएको र पदमा बस्न लायक नरहेको टिप्पणी

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफ्नो पक्षको भइसकेको बताएका छन्।

नेकपा प्रचण्ड–माधव निकट पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली गुटले पार्टी विभाजन गरे। जनताको सेवाका लागि चाडै नयाँ सरकार बन्छ।’

निकै ठूलो लक्ष्य र सपना बोकेर राजनीतिक स्थायित्व चाहिन्छ भन्ने महसुस गरेर फरकधारका दुई पार्टीलाई एकता गरेका उनले सुनाए। बाम गठबन्धन र पार्टी एकताको प्रस्ताव गरेको बताए। 

‘पार्टी एकता गर्दा हुँदा दुवै पक्षको इतिहासलाई समेटेर जनताको जनवादको लक्ष्यका साथ समाजवादको बाटो तय गरेको थियौँ’, उनले भने, ‘हामीले समाजवादको बाटोमा जाने निर्णय गरिसकेपछि फर्केर फेरि त्यहीँ जान्छ भने त्यही नै प्रतिगमन हो।’

बहुमतको निर्णय नै पार्टीको निर्णय हुने सबैको सहमतिमा भएको उनले बताए। केपी ओली सहमति भइसकेपछि पनि बेइमानी प्रवृत्तिका कारण समस्या भइसकेको उनले बताए। 

‘अहिले हामीले विधि र पद्धतिको लडाईं गरिरहेका छौँ’, उनले भने, ‘पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको कुरा सुन्नुभएन। उहाँले संसदको दुई तिहाईको बहुमतको निर्णयलाई समेत लत्याउनुभयो।’ 

ओली अलिकति पनि नैतिकता नभएको मान्छे भएको बताए। ‘आफैंले खारेज गर्नुभयो। मलाई अचम्म लाग्छ उहाँले हारिसक्नुभयो। अझै भन्नुहुन्छ अझै बलियो हुनुभयो रे‘, उनले भने, ‘नैतिकताका आधारमा देशले मागिरहेको राजीनामा दिनुपर्ने हो। पाहा पछारिएझैं पछारिसकेका छन्।’ 

केपी ओली एकछिन पनि पदमा बस्न लायक नभएको उनले बताए। उनले आफ्नो पतन नभएसम्म बेइमानी गर्न लागिराख्ने देखिएको सुनाए। 

‘केपी ओलीले सेटिङको कुरा गरिरहेका थिए। अदालतले देखाइदियो अब निर्वाचन आयोगले पनि हाम्रो पक्षमा निर्णय गर्छ। हामी नै मूलधारको पार्टी हौँ’, उनले भने, ‘केही व्यक्तिहरु ओलीको गुटलाई मुल पार्टी भनेर लाग्नुभएको छ। तपाईंहरु निन्द्रामा हुनुहुन्छ। होस खुलाउनुहोस्।’

उनले पार्टी आधिकारिकता र सूर्य चिह्न आफ्नो पक्षको भइसकेको र घोषणा हुन मात्रै बाँकी रहेको जिकिर गरे। उनले देशमा नैतिकता संकटमा पर्ने देखिएको बताए। ‘संसद्को अधिवेशन हुँदैछ। त्यहाँ नयाँ सरकार घोषणा प्रक्रिया अघि बढ्छ’, उनले भने, ‘केपी ओलीले आफ्नो पतन निश्चित नभएसम्म नैतिकता पदबाट हिँड्दैनन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.