कैलाली : दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ का वडाध्यक्ष रुद्रसिंह धामीको सोमबार बिहान मृत्यु भएको छ। धामीका हृदयघातका कारण मृत्यु भएको हो।
७८ वर्षको उमेरमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।
वडाध्यक्ष धामीको निधनमा गाउँपालिकाले दुई दिन शोक बिदा दिने निर्णय गरेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा धामी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।