|

कपिलवस्तु : अपराध न्यूनीकरणका लागि बालबालिकालाई सचेतना जगाउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पाठ्यसामाग्री (पुस्तक) निर्माण गरेको छ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाभित्र रहेका विद्यालयमा पुस्तक वितरण गरिएको छ। विद्यालय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत तयार गरिएको पुस्तकमा ११ शीर्षक राखिएको छ। लागुऔषध दुर्व्यसनी, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बालविवाह, बोक्सी आरोप, बालबालिकामा हुने दुर्व्यवहार समावेश गरिएको छ। 

जिल्लाका सबै विद्यालयमा विस्तार गर्ने तयारीका कार्यक्रम लागु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए। 

साप्ताहिक रुपमा कक्षा चलाउने गरी विद्यालयका प्रधानाध्यापकसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसले समाजमा हुने अपराध जन्य कृयाकलाप गर्न निरुत्साहित गर्छ,’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

प्रहरीले उपलव्ध गराएको पुस्तकले बालबालिकामा मात्र नभएर समुदायमा समेत अपराध न्यूनीकरणका लागि भूमिका खेल्न सक्ने कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए। 

पुस्तक छपाइका लागि मधेस मानव अधिकार गृह माहुरी होमले सहज परियोजनामार्फत आर्थिक सहयोग गरेको थियो। जिल्लाभरि लागु गर्ने योजनाका साथ एक हजार बढी पुस्तक प्रकाशन गरी सबै विद्यालयमा पुर्‍याउने योजना रहेको माहुरी होममा अध्यक्ष रवीन्द्रनाथ ठाकुरले भने। पुस्तक प्राप्त गरेपछि नियमित रुपमा बालबालिकालाई सिकाउँदै जाने तिलौराकोट माविका प्रधानाध्यापक सञ्जय वर्माले प्रतिबद्धता गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.