|

दाङ : दाङमा मोटरसाइकलको ठक्करबाट एक छात्राको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ सिस्ने खोलाका १५ वर्षीया अमृता आचार्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सोमबार विद्यालयबाट घर फर्किने क्रममा रा ४ प ७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ आचार्य गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घोराही उपमहानगरपालिका–२ का २२ वर्षीय खगराज गिरीले चलाएको मोटरसाइकलले आचार्यलाई नवलपुरमा ठक्कर दिएको हो।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, दाङमा राप्ती नदी डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ तालगैराका ३८ वर्षीय टेकबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। नदी तर्ने क्रममा सोमबार दिउँसो चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.