|

तनहुँ : प्रथम ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा घिरिङलाई हराउँदै  शुक्लागण्डकीले उपाधि हात पारेको हो।

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा २२–२५, १५–२५ र १२–२५ को सोझो सेटमा शुक्लागण्डकीले जित हासिल गरेको हो। उपाधि चुम्दै शुक्लागण्डकीले नगद १ लाख ३५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रशंसापत्र प्राप्त गरेको छ। 

प्रतियोगितामा घिरिङ गाँउपालिका उपविजेता बन्दै घिरिङले ८० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रशंसापत्र प्राप्त गरेको छ। प्रतियोगितामा भिमाद नगरपालिका तृतीय र वुलिङटार सान्त्वना भएको गाउँपालिकाका प्रवक्ता बिजय दरैले जानकारी दिए।

विजयी टीमलाई गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गर्दै गाउँपालिकाले खेलको माध्यमबाट ऋषिङको पहिचान प्रवर्धनमा टेवा पुग्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.