|

सर्लाही : वैदेशिक रोजगारबाट फर्केका सर्लाहीका ध्रुवप्रसाद चौलागाईँले च्याउको बिउ बेचेर मनग्य आम्दानी गर्दै आएका छन्। पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका बागमती नगरपालिका–१० शंकरपुरका चौलागाईँले कन्ने च्याउको बिउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

तीन वर्षदेखि व्यावसायिक च्याउ खेती गर्दै आएका उनले गत वर्षदेखि बिउ उत्पादन गर्न सुरु गरेका हुन्। २५० ग्रामको दैनिक एक हजार प्याकेट बिउ उत्पादन गरिरहेको चौलागाईँले बताए। उनका अनुसार यसअघि बिउ लिन हेटौँडा, काठमाडौंजस्ता ठूला शहरहरुमा धाउनु पथ्र्यो। अहिले बागमतीको शंकरपुरमै बिउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिक रुपमा च्याउखेती गर्ने किसानलाई सजिलो भएको उनले बताए।

चौलागाईले करिब ५० लाख रुपैयाँमा बिउ उत्पादन गर्ने उपकरण किनेका छन्। स्थानीय बजारमा पनि च्याउको माग अत्यधिक रहेकाले च्याउ र बिउ बिक्री गर्न बजारको समस्या नभएको उनले बताए। उनले प्रतिप्याकेट ४० रुपैयाँमा स्थानीय किसान, सिन्धुली, रौतहट, महोत्तरीका किसान र कृषि ज्ञान केन्द्र सर्लाहीलगायत देशका विभिन्न ठाउँमा बिउ बिक्री गरिरहेको बताए। 

च्याउ खेती र बिउ उत्पादन गर्न उनकी श्रीमतीले सहयोग गर्छन्। च्याउको बिउ उत्पादन गर्ने काममा तीनजनालाई रोजगारी दिएका छन्। यही व्यावसायको कमाइबाट चार कठ्ठा जग्गा खरिद गरेको उनले बताए। चौलागाईँले ध्र्रुव कृषि फाम  दर्ता गरेका छन स्वदेशमै केही गरौं भनेर २०७४ सालदेखि व्यावसायिक च्याउ खेती सुरु गरेका उनले अहिले १५ ्रसय पोका राख्न सक्ने क्षमताको टनेल र घरको तल्लो तलामा एक हजार पोका च्याउ खेती गरिरहेका छन्। 

च्याउ खेती विशेषतः जाडो मौसममा हुने गर्छ। बेमौसमी च्याउ खेतीका लागि घरको दुईवटा कोठालाई चिसो बनाइराख्न एयर कन्डिसनसमेत जडान गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.