|

काठमाडौं : कुनै पनि मौसमी प्रणाली सकृय नभए पनि आज केही प्रदेशको मौसम सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान देशका अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली र बाँकी स्थानको मौसम सामान्यतः सफा रहने महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। 

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ८ दशमलब २ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाको  अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.