|

गुल्मी : छत्रकोट गाउँपालिका–४ दिगामका हुमनाथ पन्थले करिब आठ रोपनी जग्गामा उखु खेती गर्दै आएका छन्। उनले आठ वर्षदेखि हरि ओम केशर मिल सञ्चालन गरी हुँगा, थानापति, धरमपानी र दिगाम क्षेत्रमा उत्पादित उखु खरिद गर्दै आएका छन्।

पन्थले वार्षिक करिब ५० लाख बराबरको उखु, खुदो र गुडको कारोबार गर्दै आएका छन्। जसबाट खर्च कटाएर सात देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए। उनले उखु, खुदो र गुड बुटवल, नारायणगढ र पोखरासम्म बिक्री गर्दछन्।

खुदो प्रतिलिटर ११० देखि १२० रुपैयाँ, सादा गुड प्रतिलिटर १७० र मसलावाला गुडको २२० रुपैयाँमा बिक्री हुने गरेको हरिकला पन्थले जानकारी दिइन्। उनको उखु मिलमा तीनजना नियमित कामदार र आवश्यक पर्दा दैनिक ज्यालादारी कामदार समेत राख्ने गर्छन्।

सोही वडामा न्यौपाने कृषि तथा पशु फर्म दर्ता गरी नीलाकण्ठ नयौपानेले  व्यावसायिकरुपमा खुदो, गुड उत्पादन गर्छन्। गुड र खुदोमा गुणस्तरता कायम गर्न तालिम आवश्यक भएको उनले बताए।

वडा नम्बर ४ का अध्यक्ष डिलाराम न्यौपानेले उखु किसान र फर्म तथा मिलहरुलाई आवश्यक सहयोग गर्ने बताए। केही समयअघि गाउँपालिकाले ड्रमलगायत केही उपकरणहरु ५० प्रतिशत अनुदानमा दिएको उनले बताए।

ढुवानीमा अनलाइन बिलको समस्या

पन्थले उखु, खुदो र गुड पोखरा, नारायणगढसम्म ढुवानी गर्दा अनलाइन बिल नभएको भन्दै चेकिङमा समस्या आउने गरेको बताए।

उनले भने, ‘गाउँका हामी सोझा किसानलाई अनलाइन बिलको बारेमा केही थाहा नभएको र आफूहरुलाई दुःख दिनकै लागि यस्तो भएको होला।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.