|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्छ भन्नु अरु कसैलाई हमला गराउन वातावरण बनाउने योजना भएको बताएका छन्। 

प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक हमला भएमा पनि त्यसलाई अनौठो नमान्न आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेको भोलिपल्ट नेता रावलले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्। 

उनले ओलीले अदालतको फैसलापछि झरेको साख बचाउन जन सहानुभूति बटुल्ने प्रयास गरेको समेत बताएका छन्। असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम भएको समेत तर्क गरेका छन्। 

'प्रम केपीले आफुलाई सुरक्षा खतरा भन्नुका सम्भावित कारण : अदालतको फैसलापछि झरेको साख बचाउन जन सहानुभूति बटुल्ने' उनले लेखेका छन्, 'प्रम नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने, अरू कसैमाथि हमला गराउन वातावरण बनाउने। तर यसले प्रमको अयोग्यता र गैर जिम्मेवारपन नै देखाउँछ।'

कसैमाथि हमला गराउन वातावरण बनाउन खोज्नु भनेको ओलीको अयोग्यता र गैर जिम्मेवारपन भएको समेत दाबी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.