|

काठमाडौं : शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो आदेशमा झापास्थित प्रस्तावित बीएन्डसी कलेजलाई एमबीबीएसको सम्बन्धन दिने काठमाण्डौं विश्वविद्यालय सभाको निर्णयप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ। 

कामचलाउ सरकारका शिक्षामन्त्रीको निर्देशनमा विश्वविद्यालय सभाको निर्णयप्रति कांग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरित बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा हो’ विज्ञप्तिमा भनिएको छ।

शिक्षामन्त्री स्वयंले प्रकृया मिचेर विश्वविद्यालयको स्वायतत्तामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सृजना नगर्न कांग्रेसले सचेत गराएको छ। अन्यथा यसको परिणाम दुःखद हुने चेतावनी समेत उसले दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.