|

बैतडी : दशरथचन्द नगरपालिकामा मंगलबारदेखि चौथो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले संयुक्त रुपमा उद्घाटन गरे।

उद्घाटन  खेलमा वडा नम्बर १० बाराकोटले शानदार जित हात हासिल गरेको छ। एसले वडा नम्बर १ गुरुखोलालाई १० विकेटले स्तब्ध पारेको हो। गुरुखोलाले दिएको ९७ रनको लक्ष्य बाराकोटले ८ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो। जसमा डम्बर बुडाल ४९ र प्रकाश बुडाल ३६ रनमा अविजित रहे। यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला व्याटिंङ गरेको गुरुखोला ९६ रनमा समेटियो।

उसका लागि सुरेश भाटले सर्वाधिक ३९ रनको योगदान गरे। बाराकोटका प्रकाश बुडाल र प्रेम बुडाल समान ३/३ विकेट हात पारे। व्यक्तिगत ४९ रन बनाएका बाराकोटका डम्बर बुडाल म्यान अफ द म्याच बने। प्रतियोगिता अन्र्तगत बुधबार २ खेल हुने छन्। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा शुरु भएको प्रतियोगितामा ११ टोली सहभागी छन्।

फागुन २५ गते सम्म संचालन हुने प्रतियोगिताको विजेता टोलीले ७५ हजार पुरस्कार पाउने  नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। यस्तै उपविजेता टोलीले ५० हजार पाउने छ। उद्घाटन कार्यक्रममा क्यानका अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.