काठमाडौं : सरकारले प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ताको पहल थालनी गर्ने कार्यलाई सकरात्मक भनेको छ। वार्ता समिति गठन गर्नु स्वागतयोग्य कार्य भन्दै कांग्रेसले इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह पनि गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरि सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा पार्टी दृढ रहँदै आएको जनाएका छन्। ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ’ शर्माले विज्ञप्तिमा भनेका छन्।
सरकारले गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेकै दिन विप्लव समूहले पनि मंगलबार नै प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेत्तृवमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।