|

म्याग्दी : आर्थिक अभावका कारण उपचार गराउन नसक्ने बिरामीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापित भएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षय कोषमा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। 

उपचारका क्रममा निधन भएकी ओमकुमारी पुनको स्मृतिमा २०७१ सालमा स्थापना भएको कोषमा एक करोड १ लाख ६८ हजार रुपैयाँ संकलन भएको संस्थाका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। ८०० भन्दा बढी साधारण सदस्य रहेको संस्थाले हालसम्म २०८ जना बिरामीको उपचारमा आर्थिक सहयोग गरेको छ। जटिल रोगबाट ग्रसित ५० जनाभन्दा बढी बिरामीको उपचारमा कोषले सहयोग गरेको छ।

हालसम्ममा अक्षयकोषबाहेक विरामीको लागि डेढ करोड रुपैयाँभन्दा माथि आर्थिक संकलन गरेर सहयोग गरिएको कोषका अध्यक्ष राजेश शाक्यलले बताए। उनले बिरामीको उपचारमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको सहयोगमा धेरै बिरामीको ज्यान जोगाउन सफल भएको बताए।

अक्षयकोषमा दुई करोड रुपैयाँ पुर्‍याउने लक्ष्यअनुसार विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी छ। जिल्लामा जन्मदिन, विवाह व्रतबन्ध तथा अन्य क्षेत्रमा गर्ने खर्च ओमकुमारी शान्ति कोषमा सहयोग गरेर साधारण सदस्य बन्ने चलन जिल्लामा बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.