|

काठमाडौं : स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः बढेको छ। मंगलबार प्रतितोला एक हजार ७०० ले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँ बढेको हो।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंघलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन मंगलबार प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएकामा आज भने तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ।

चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ। चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा मंगलबार कारोवार भएकामा आजका लागि भने एक हजार ३१५ मूल्य निर्धारण भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.