|

काठमाडाैं : भारत र इंग्ल्यान्डबीच चौथो टेस्ट बिहीबार अर्थात् ४ मार्चबाट सुरु हुँदै छ।

सिरिजको अन्तिम टेस्टका रुपमा रहेको खेल भारतका लागि धेरै महत्वपूर्ण छ। सिरिजमा २–१ को अग्रता बनाएको भारतले यो खेल जिते या बराबरी गरे टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने छ। भारतले हारे अस्ट्रेलिया राम्रो अंक प्रतिशतका आधारमा फाइनलमा पुग्ने छ। अर्को टिमका रुपमा न्युजिल्यान्डले यसअघि नै टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाइसकेको छ।

अहिलेसम्म भारतले ६ टेस्ट सिरिजका १६ खेल मध्ये ११ मा जित र ४ मा हार बेहोरेको छ। इंग्ल्यान्डले भने २० मध्ये ११ मा जित र ६ खेलमा भोगेको छ। 

भारतलाई बाहिर राख्न सफल होला इंग्ल्यान्ड?

इंग्ल्यान्ड सिरिज बराबरी गर्दै आफ्नो प्रतिष्ठा जोगाउन मैदानमा उत्रिँदा टेस्ट च्याम्पियनसिपको फाइनलबाट पनि भारतलाई बाहिर पठाउने उसको उद्देश्य रहने छ।

पहिलो टेस्ट जितेपछि टिमको ब्याटिङ निकै खराब रहँदै आएको छ। चेन्नईमा भएको दोस्रो तथा मोटेरामा भएको तेस्रो टेस्टमा स्पिनट्रय्यापमा इंग्लिस टिम फस्न पुग्यो।

मोटेरामा ज्याक क्राउनबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। यस्तोमा टिम चौथो टेस्टमा पुराना गल्ती सुधार्दै जित निकाल्ने उद्देश्यका साथमा मैदानमा हुनेछ।

निरन्तर रेकर्डमा कोहली

​यो टेस्टमा विराट कोहली धेरै रेकर्ड आफ्नो नाममा पार्न मैदानमा उत्रने छन्। चौथो टेस्टमा उत्रन साथ विराटले महेन्द्र सिंह धोनीको नाममा रहेको सर्वाधिक धेरै खेल खेल्ने भारतीय कप्तानको रेकर्ड बराबरी गर्नेछन्।

कप्तान कोहली मैदानमा उत्रँदा उनको यो ६० औं टेस्ट हुनेछ। धोनीले पनि यति नै टेस्टमा टिम इन्डियाको कप्तानी गरेका थिए। जसमा कोहलीले ३५ टेस्टमा भारतलाइ जिताउन सफल भएका थिए। अर्को टेस्ट जिताएको खण्डमा उनी वेस्टइन्डिजका पूर्वकप्तान क्लाइब लायडभन्दा धेरै टेस्ट जित्ने रेकर्ड बराबरी गर्ने छन्। उनी यो मामिलामा लायडसँगै चौथो नम्बरमा पर्नैछन्।

कोहलीले चौथो टेस्टमा शतक प्रहार गरेमा उनी सर्वाधिक धेरै शतक प्रहार गर्ने कप्तान बन्नेछन्। उनले रिकी पोन्टिङको नाममा रहेको रेकर्ड तोड्नेछन्। उनी र पोन्टिङले समान ४१ शतक लगाएका छन्। कोहली पछिल्लो १५ महिना देखि यो रेकर्डको प्रतीक्षामा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.