|

लमजुङ : पूर्वी लमजुङको दोर्दी गाउँपालिकास्थित नौथर,शेरा ताँजे सडकखण्ड बुधबारबाट २० दिनका लागि आवतजावत बन्द भएको छ।
गाउँपालिका अन्तर्गतका सो सडकखण्ड स्तरउन्नतिसँगै कालोपत्रे कार्य गरेकाले  दोर्दी गाउँपालिकाले २० दिनसम्मका लागी नौथर, शेरा ताँजे सडकखण्ड बन्द गरेको हो। 

गाउँपालिकाले जिल्ला प्रहरी कार्यलय, कालिका यातायात वेसीशहर, सुपर दोर्दी हाईड्रो पावर कम्पनि लिडिटेड लगायत दोर्दीमा सञ्चालित हाईड्रोहरु लगायतको बोधार्थ गरी जिल्ला प्रशासन कार्यलयमा पत्राचार गरेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओम बहादुर गुरुङले बताए।  

यस्तै, सो सडकखण्ड बन्द भए तापनि ठूला तथा चारपाङ्ग्रे सवारी साधनका लागि वैकल्पिक रुपमा तत्कालका लागि उदिपुर, चिति तिलाहार बाटो र साना तथा दुईपाङ्ग्रे सवारीका लागि गाउँपालिका–नेवार गाउँ हुँदै बजेनी मोटरबाटोबाट आवतजावत गर्न सकिने गाउँपालिले जनाएको छ। 

एक किलोमिटर रहेको सो सडकखण्डको  विष्णु राधा विल्डर्स नौथरले  जिम्मा लिई निर्माण कार्य सुरु गरेको हो। बाटो स्तरोन्नतिसँगै कालोपत्रे लागी चालु वर्षमा गाउँपालिकाको ५० लाख र संसद् विकास कोषबाट ५० लाख गरी एक करोड बजेट विनियोजन भएको थियो।

सडकखण्डको हाल  निर्माण कार्य ७० प्रतिशत  सम्पन्न भइसेकेको  र  सो सडकको लागि अन्तिम चरणमा कालेपत्रे (पिँज)कार्य सुरु गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.