|

संखुवासभा : संखुवासभाको निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अनुगमन गर्ने सरकारका पाँच सचिव संखुवासभा आइपुगेका छन्।

अरुण तेस्रोको पछिल्लो अवस्थाको जानकारी लिन नेपाल सरकारका पाँच सचिव संखुवासभा आइपुगेको हुन्।  बुधबार सेनाको हेलिकप्टरबाटगृह सचिव महेश्वर न्यौपाने, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थ सचिव शिशिरकुमार ढुंगाना, रक्षा सचिव रेश्मिराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टको टोलीले अरुण तेस्रोको स्थलगत अनुगमन गर्ने संखुवासभा आइपुगेका हुन्। 

टोलीले बाँध निर्माण स्थल मकालु गाउँपालिका –५ को फ्याक्सिन्दा र पावरहाउस चिचिला गाउँपालिका दिदिङको पुखुवा पुगेर आयोजनाको जानकारी लिएका छन्।

आयोजना निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनबारे सतलज कम्पनी तुम्लिङटारका सिइओ अरुण धिमानले जानकारी गराएका थिए। अरुण तेस्रो आयोजनाले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने जनाएको छ। 

स्थानीय स्तरमा देखिएको समस्यालाई लगानी बोर्डमार्फत समाधान गर्ने र स्थानीय सरकारमार्फत लगानी बोर्डमा छिट्टै समाधान गर्न लगानी बोर्डले जनाएको छ।

त्यस्तै गृह सचिव महेश्वर न्यौपानेले आयोजना निर्माणमा कुनै पक्षबाट अवरोध गर्न नदिने बताए। आयोजनाको सुरक्षाको लागि प्रयाप्त नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीले सुरक्षा दिइरहेको गृहसचिव न्यौपानेले बताए।

अरुण तेस्रो आयोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए।

परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ‍ लाग्ने अनुमान गरिएको छ। यसको काम भारतीय सतलज कम्पनी गरिरहेको छ। सन् २०२३ भित्र आयोजना निर्माण सम्पन्न हुने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.