|

काठमाडौं  : बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको छ। गएराति सेमिफाइनलको दोस्रो लेगमा शानदार कमब्याक गर्दै सेभियालाई ३-० गोल अन्तरले हराएर समग्रमा ३-२ को जीतसहित फाइनलमा पुगेको हो।

यसअघि भएको पहिलो लेगमा बार्सिलोना सेभियासँग २-० गोल अन्तरले पराजित भएको थियो। ९० मिनेटमा २-२ गोल भएपछि खेल अतिरिक्त समय खेलाइएको थियो। बार्सिलोनाका लागि  निर्धारित समयकाे अतिरिक्त  समयमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए।

त्यस अघि ओसुमान डेम्बेलेले खेलको १२औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। अतिरिक्त समयमा खेलको ९५औ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई जित दिलाए।​

सेभियाले ९० मिनेटको खेलमा खेलको ७३औ मिनेटमा पाएको पेनाल्टी गोल गर्न चुकेको थियो। ओकाम्पसले हानेको पेनाल्टीलाई बार्सिलोनाका गोलकिपर स्टेगनले बचाएका थिए। 

यस खेलमा सेभियाका दुई खेलाडीले रातो कार्ड पाएका थिए। ९० मिनेटको खेलको अन्तिम मिनेटमा फेर्नान्डोले रातो कार्ड पाएका थिए भने १०३औँ मिनेटमा लूक डी जोंगले रातो कार्ड पाए।

बार्सिलोना योसहित ४२औ पटक कोपाको फाइनलमा पुगेको छ। बार्सिलोनाले अहिलेसम्म सबै भन्दा धेरै ३० पटक कोपाको उपाधि जितेको छ भने ११ पटक उपविजेता बनेको छ।

योसँगै बार्सिलोना अब फाइनलमा एथलेटिको बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्ने छ। फाइनल खेल अप्रिल १७ मा हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.