'विश्वास र व्‍यक्तित्वकै कारण जित‍ निश्चित छ'

|

काठमाडौं : गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) ले पर्यटन प्रवर्द्धनका लागि काम गर्दै आएको छ। यस संस्थाको आगामी चैत २० गते अधिवेशन हुँदैछ। अधिवेशनमा आशा लाग्दा युवा पर्यटन व्यवसायी राजकुमार थापा अध्यक्षको उम्मेदवार बन्दैछन्।

ए वान एक्सकर्सन टुर्स एण्ड ट्राभल र बल्थली इको हिल रिर्सोटका सञ्चालकसमेत रहेका थापा पर्यटनका अगुवा व्यक्तित्वका रुपमा चिनिन्छन्। उनै थापाले भिटोफको नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्। उनै थापासँग भिटोफको आगामी निर्वाचनका बारेमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

तपाईंले फेरि अध्यक्षमा उम्मेद्वारी दिनुभएछ, फेरि सहमतिमै जाने हो कि?

समयले मागेको कुरा गर्नै पर्ने रहेछ, त्यो बेला समयले त्यही मागेको थियो, अहिले मेरो उम्मेद्वारी मागेको छ। अहिले अवस्था फेरिएको छ। संस्थालाई बचाउन पनि फेरि एकपटक मैले उम्मेद्वारी दिएको हो। 

मेरो एजेण्डा भनेकै भिटोफलाई चलायमान बनाउनु हो। भिटोफ नेपालमा भएका समस्या तथा चुनौतीलाई समाधान गरी संस्थालाई मजबुत बनाउने। गाउँ पर्यटनको कसरी उत्थान गर्ने, भिटोफलाई कसरी राज्य र सरोकार संस्थाहरू माझ लोकप्रिय बनाउने भन्ने मैले गर्ने काम हुन्।

‘पटक–पटक विभिन्न बहानामा मैले उम्मेदवारी दिने र पछि फिर्ता लिनुपर्ने अवस्था आयो तर यसपटक म अडिग छु, मेरो जित निश्चित छ, त्यसैले मेरो लक्ष्य पूरा हुनबाट कसैले रोक्न सक्दैन। गाउँ पर्यटनको प्रवर्द्धनसँगै संस्था पनि बचाउनुपर्छ, संस्था बचाउने क्षमता म मा छ।

तपाईं पटकपटक संस्था बचाउने कुरा गर्नुहुन्छ, किन संस्था बचेको छैन र?

संस्था बचाउने मतलव पदमा बस्ने मात्र होइन। नयाँ नयाँ योजना ल्याउनुपर्‍यो, दूर दराजसम्म जान सक्नुपर्‍यो, क्षमता अभिबृद्धिका कामहरू गर्नुपर्‍यो। आफ्ना सदस्यहरूलाई चलायमान बनाउन सक्नुपर्‍यो। उदाहरणका लागि चित्रबहादुर गुरुङ नेतृत्वको समयमा म महासचिव थिए।

त्यो बेला हामीले देशका विभिन्न ठाउँमा ओझेलमा परेका गाउँको पहिचान गरी प्रवर्द्धन गर्ने काम गर्‍यौँ। म्याग्दीको टोड्के, लमजुङको काउलेपानी, कास्कीको ह्याङ्जाकोट, मकवानपुरको चित्लाङ, नवलपरासीको अमलटारी, काभ्रेको बल्थली हाम्रै पालोमा पहिचान गरिएको हो।

हामीले भिटोफको शाखा सोही समयमा पोखरामासमेत खोल्यौं। जुन कुरा पछाडिका नेतृत्वले गर्न सकेनन्। मेरो मतलव, कामै नगरेको भनेको चाहिँ होइन, जुन हुनुपर्ने थियो, त्यो भएन मात्र भनेको।

अध्यक्षमा तपाईको उम्मेदवारी किन?

मैले भनेँ नि भिटोफलाई आउँदो दिनमा सशक्त रुपमा अगाडि बढाउनकै लागि मेरो उम्मेद्वारी हो। अबको भिटोफ हामी सबै नेपालीको हुनुपर्छ। दूरदराजसम्म पुगेर हामीले आफ्नो उपस्थिति देखाउनुपर्छ। नेपालको ग्रामीण पर्यटनलाई विश्वभर चिनाउने हाम्रो अभियान बन्नुपर्दछ। यिनै अभियानको लागि म भिटोफको अध्यक्षमा उम्मेदवार हुँदैछु।

तपाईंको खास एजेण्डा के छ?

मेरो एजेण्डा भनेकै भिटोफलाई चलायमान बनाउनु हो। भिटोफ नेपालमा भएका समस्या तथा चुनौतीलाई समाधान गरी संस्थालाई मजबुत बनाउने। गाउँ पर्यटनको कसरी उत्थान गर्ने, भिटोफलाई कसरी राज्य र सरोकार संस्थाहरू माझ लोकप्रिय बनाउने भन्ने मैले गर्ने काम हुन्।

यस्तै, म पूर्व-महासचिव हुँदा रहेका अधुरा कामहरूलाई पूरा गर्दै भावी कार्ययोजना बनाई आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्ने। संस्कृति, भेषभूषा, खानपान जसअन्तर्गत घरबास र गाउँलाई आवश्यक पर्ने तालिम तथा प्रशिक्षण कार्यक्रम दिलाउन सहज भूमिका खेल्ने। आफ्नो अनुभवलाई उपयुक्त ठाउँमा प्रयोग गरी गाउँ पर्यटनको विकासमा सदैव क्रियाशील रहने नै मेरो कार्यकाल केन्द्रित हुनेछ। 

मञ्चको आगामी नेतृत्वका लागि थापासहित चार जनाले दाबी प्रस्तुत गरिसकेका छन्। जसमा प्रथम उपाध्यक्ष दीपक दाहाल, वर्तमान महासचिव जस्पा पाण्डे र पूर्व सह–कोषाध्यक्ष कृष्णबहादुर सुवेदी हुनुहुन्छ।

तपाईंलाई जितको आधार के छ?

मसँग भिजन छ, मिसन छ, कामप्रति डेलिगेशन छ, सदस्यको विश्वास र कामको अनुभव रहेको छ, यसअघि महासचिव हुँदा पनि मेरो काम गर्ने शैली सबैले देखिसक्नुभएको छ।

मसँग देशभित्र र देश बाहिरको पनि अनुभव रहेको छ। मैले नेतृत्व तह बाहिर रहँदा पनि संस्थाको हितमै रहेर सधैं काम गरेको छु, अन्य कार्यसमितिका साथीहरूलाई पनि सहयोग गरिरहेकै छु। त्यसैले मेरो जितको आधार भनेकै मेरो व्यक्तित्व हो।

मतदाता सदस्यलाई के भन्नुहुन्छ?

तपाईंहरूले मेरो काम गर्ने शैली म संस्थाको महासचिव हुँदा देखिसक्नुभएको छ। मैले पटक–पटक अध्यक्षको लागि उम्मेद्वारी दिएँ। तर हरेक पटक विभिन्न बहानामा मलाई उम्मेद्वारी फिर्ता लिन बाध्य बनाइयो, तर योपटक म दृढ छु, त्यसैले सबै साथीहरूलाई एकपटक मलाई नेतृत्वको जिम्मेवारी दिएर मैले संस्थामा बसेर छोडेका अधुरा कामलाई पूरा गर्न दिनुहोस् भन्न चाहन्छु।

अहिले जति साथीले अध्यक्षको लागि नाम दिनुभएको छ, उहाँहरू पनि यस संस्थाको कुनै न कुनै पदमा बसेर काम गरिसक्नुभएको छ। तर, अनुभव र क्रमअनुसार जाने हो भने पनि अहिलेको अध्यक्षमा मेरो विकल्पै रहेको छैन। संस्थामा सधैंभर राजनीति हावी नबनाऔं, संस्थालाई संस्थाको रुपमा चल्न दिऔं, त्यसैले यो कार्यकालमा सबैले मलाई सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु। 

मञ्चको आगामी नेतृत्वका लागि थापासहित चार जनाले दाबी प्रस्तुत गरिसकेका छन्। जसमा प्रथम उपाध्यक्ष दीपक दाहाल, वर्तमान महासचिव जस्पा पाण्डे र पूर्व सह–कोषाध्यक्ष कृष्णबहादुर सुवेदी हुनुहुन्छ।

भिटोफ नेपालमा हाल झण्डै आठ सय जना सदस्य छन्। यसको शाखा पोखरामा पनि रहेको छ। भिटोफले मुख्यतया नेपाल पर्यटन बोर्डको सहकार्यमा गाउँ-गाउँमा ओझेलमा रहेका तर सम्भावना बोकेका स्थानको प्रवर्द्धनको काम गर्दै आएको छ। नेपालमा पर्यटन क्षेत्रमा भिटोफले बेग्लै नाम र पहिचान बनाएको छ।

 

ग्रामीण विकास विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका थापाले ग्रामीण पर्यटनको विषयमा गहिरो अनुभव सम्हालिसक्नुभएको छ। उहाँको पहुँच र अनुभव अन्तर्राष्ट्रिय बजारमासमेत राम्रो रहेको छ। ग्रामीण पर्यटनमा पनि थापाको दुई दशक बढी अनुभव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.