|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभाजनले औपचारिकताको पाउने अन्तिम चरणमा पुगेको बेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच भेटवार्ता भएको छ।

सिंहदरबारमा मुख्यमन्त्री पोखरेल र नेता भुसालबीच भेटवार्ता भएको हो। मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन्। नेता भुसाल विभाजित नेकपा प्रचण्ड माधव पक्षको प्रभावशाली नेता हुन्। दुई नेताहरूबीच पार्टी एकताको सम्भावनाबारे छलफल भएको बुझिएको छ।

प्रधानमन्त्री ओलीको पुष ५ गतेपछि संसद् विघटनपछि विभाजित बनेका छ। सर्वोच्चले ओलीको कदम बदर गरेपछि यही २३ गते संसद् बैठक बोलाइएको छ। 

संसद् पुनःस्थापनापछि नेकपा विभाजनको सम्भावना रहेको दोस्रो तहका नेताहरूले बताउँदै आइरहेको बोलमा दुई नेताको भेटलाई महत्वपूर्ण मान्न सकिन्छ। नेकपा उपाध्यक्ष वामदेव गौतम भने पार्टी एकता अभियान नै घोषणा गरेर लागिपरेका छन्। 

उनले प्रचण्ड–माधव र ओली दुवै पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन्।

बिहीबार कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताएका थिए। 

‘धेरै ठाउँमा उहाँहरुले बोलेको भनेको सबै सबै सभाहरूमा बोलेको सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा छैन‘ उनले थपे,  ‘मेरो चाहिँ प्रयत्न दुवै पक्षका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठूलो पंक्ति तयार गरी एकताको पक्षमा जनमत तयार गर्ने छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.