सभा अध्यक्ष तिमिल्सिनाले पनि लगाए
सभा अध्यक्ष तिमिल्सिनाले पनि लगाए
काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
बिहीबार निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर पुगी अध्यक्ष तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन्। बुधबारदेखि नै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन शुरु गरिएको हो।
बिहीबारै राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले पनि खोप लगाएकी छन्। खोप लगाइसकेपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै अध्यक्ष तिमिल्सिनाले कोभिडविरुद्धको खोपबारे भ्रम र अफवाहलाई भए पनि अन्य खोपहरू जस्तै रहेको बताए। हिजोदेखि सांसदहरुले खोप लगाउन थालेको सन्दर्भमा कसैलाई पनि नकारात्मक रिपोर्ट नआएको उनले उल्लेख गरे।
बिहीबार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकीय सचिव लगायतका कर्मचारीहरू र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई पनि खोप दिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।