काठमाडाैं : कोपा डेल रे फुटबलको सेमिफाइनलको दोस्रो लेगमा आज राति लेभान्टे र एथ्लेटिक क्लब बिल्बाओबीच प्रतिस्पर्धा हुँदैछ।
पहिलो लेगमा १–१ गोलको बराबरी खेलका दुबै टोली आज जित निकाल्दै फाइनलमा प्रवेश गर्ने योजनामा छन्।
आज राति पौने २ बजे घरेलु मैदानमा लेभान्टेले पाहुना टोली बिल्बाओलाई स्वागत गर्न लागेको हो। यी दुई क्लबबीचको विजेताले उपाधिका लागि फाइनलमा बार्सिलोनाको सामना गर्नेछ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
बार्सिलोनाले पहिलो लेगमा सेभियासँग २–० को हार बेहोरेको थियो। तर, घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै ३–० गोलको स्पष्ट जित निकाल्दै बार्सिलोना उपाधि नजिक पुगेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।