|

विराटनगर : कोसी अस्पतालमा न्युरो सर्जरी र आँखाको थप सेवा विस्तार गरेको छ।

अस्पतालले अत्याधुनिक उपकरण जडान गरी सेवाहरू संचालनमा ल्याएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्टेण्ड डा. चुमनलाल दासले जानकारी दिए।

डा. दासका अनुसार न्युरो सर्जरीसम्बन्धी उपचार न्युरो सर्जर डा. रोशन खतिवडाको टिमले गर्ने गरेको छ भने आँखासम्बन्धी उपचार अस्पतालका नेत्ररोग विशेषज्ञ डा. अविनास झाले गर्दै आएका छन्। 

‘अहिले आँखासम्बन्धी सेवाहरूको ओपिडी सुचारु भएको छ,’ मेसु दासले भने, ‘प्राराम्भिक चरणमा हप्तामा एक पटक आँखासम्बन्धी समस्याको शल्यक्रिया हुनेछ। अन्य दिन ओपिडी सुरू गरेको छ।’

तत्काल अहिले माइनर सर्जरी हुने गरेको उनको भनाइ छ। थप इक्युपमेन्ट र जनशक्ति भएपछि अस्पतालले मोतिया बिन्दुलगायत आँखाको सम्पूर्ण उपचार हुने मेसु दासले बताए। 

अस्तापलमा ‘हिस्टो प्याथालोजी’ को पनि जाँच हुने  गरेको छ। क्यान्सरको सेवा सुचारु गरेपछि उक्त परीक्षण सुरु गरेको डा. दासको भनाइ छ। क्यान्सर भए/नभएको पत्ता लगाउन मासुको जाँच गरिने हिस्टो प्याथोलोजी जाँच पनि कोसी अस्पतालमा हुने गरेको उनको भनाइ छ। 

‘यसअघि हिस्टो प्याथोलोजीको जाँच हुने गरेको थिएन,’ उनले भने, ‘केही दिनयतादेखि हिस्टो प्याथालोजीको जाँच सुरु गरिएको हो।’ 

अस्पतालले बिरामीहरुमा क्यान्सर भए नभएको यकिन गर्न गरिने हिस्टो प्याथोलोजी एक्जाम्नेसन अर्थात् बायोप्सी परीक्षण सेवा केही दिन अगाडी सुरु भएको हो। यहाँका बिरामीमा क्यान्सरका शंकास्पद बिरामीहरुको बायोप्सी परीक्षणका लागि अन्यन्त्र अस्पतालमा पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको मेसु दासको भनाइ छ। 

अस्पतालले अर्थोपेडिक सर्जरी,जनरल सर्जरी,प्रसूति,नाक,कान,घाँटी लगायतका विभागलाई समेत थप प्रविधिमैत्री बनाउँदै लगेको मेसु  दासले बताए।

टोकन प्रणालीको सरुवात

​अस्पतालमा आउने सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली लागू भएको छ। कोसी अस्पताल परिसरभित्र बिहीबारबाट टोकन प्रणाली लागू गरिएको हो। 

अस्पतालमा स्वास्थ्य बिमाको कार्यक्रम सुरु भएपछि सेवाग्राहीको चाप बढ्न थाल्दा अस्पताल आउने सेवाग्राहीको व्यवस्थापन गरिने ओपीडिमा टोकन प्रणाली सुरु गरिएको अस्पतालका मेसु दासले जानकारी दिए।

त्यस्तै पछिल्लो समय अस्पतालमा देखिएका फोहोर व्यवस्थापन व्यवस्थापन गरेको कोसी अस्पताल विकास समितिका अध्यक्ष महेश प्रसाद भट्टराई बताउँछन्।‘अस्पतालको प्रसूति गृहमा भित्र छिर्दा दुर्गन्ध आउँथ्यो,' उनले भने, 'सुरुवात हामीले त्यहीँबाट गरेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.