|

पर्सा : उपभोक्ता हित विपरित कार्य गर्ने सर्लाहीका चार वटा व्यापारीक फर्म कारवाहीमा परेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले सर्लाहीको हरिवन बजारमा अनुगमन गरी चार वटा व्यापारीक फर्मलाई एक लाख ७० हजार रुपैयाँ जरिवाना गरेको छ।

वाणिज्य कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेका अनुसार बिहीबार हरिवन बजारमा छड्के जाँच गर्दा मूल्य सूची समेत नराखी उपभोक्ता हित विपरित कार्य गर्ने व्यापारीक फर्महरूलाई जरिवाना गरिएको हो। ​

खत्वेका अनुसार कारवाहीमा पर्नेमा हरिवन–९ स्थित मोहन किराना पसल, न्यु दीपक बस्त्रालय र सुयोग ट्रेडर्स छन्। तीन वटा फर्मलाई ५० हजारका दरले जरिवाना गरिएको छ। यस्तै अनुगमनमा असहयोग गर्ने निशा हार्डवेयरलाई २० हजार जरिवाना गरिएको खत्वेले जानकारी दिए। कारवाहीमा परेका व्यापारीक फर्मलाई सात दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा रकम जम्मा गर्न निर्देशन दिइएको अनुगमन टोलीका प्रमुख निमित्त प्रमुख जीतबहादुर भण्डारीले बताए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.