|

विराटनगर : ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ मा फागुन १८ गते भएको आगलागीबाट पीडित परिवारलाई प्रदेश १ सरकारले प्रति परिवार ५० हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ। 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई पति परिवार ५० हजारका दरले राहत उपलब्ध गराउने आश्वासन दिएका छन्। राहत सामग्री लिएर बिहीबार घटनास्थल पुगेका राईले डेरा भाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार उपलब्ध गराउने पनि जानकारी दिए। नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले जानकारी दिए।

यस्तै राईले पीडितहरूको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने बताएका छन्। प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्नका लागि पहल गरिरहेको पनि राईले जानकारी दिए।

प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ क्वीन्टल​ चालम, साढे दुई क्वीन्टल दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामग्री मुख्यमन्त्री राईले हस्तान्तरण गरे। भने आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई थप उपचारका लागि काठमाडौं पठाएको छ।

मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगाम लगायत आगलागी बस्ती पुगेका छन्। आगलागीबाट ४७ घर पूर्णरुपमा क्षति भएको छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.