|

काठमाडौं : एथ्लेटिक बिल्बाओ कोपा डेल रे कपको फाइनलमा पुगेको छ।

गएराति सम्पन्न खेलमा लेभान्टेलाई २-१ गोल हराउँदै एथ्लेटिक समग्रमा ३-२ को जीतसहित फाइनलमा पुगेको हो।  यसअघि भएको पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो। एथ्लेटिकको जितमा राउल गार्सिया र अलेजान्द्रो रेमिरोले एक एक गोल गरे भने लेभान्टेका लागि रोजर मार्टिले एक गोल गरेका थिए। 

अब कोपा डेलरे को फाइनलमा एथलेटिक बिल्बाओ र बार्सिलोना खेल्ने छन् ।  फाइनल खेल अप्रिल १७ मा हुदै छ। ​ कोपा डेल रेमा बार्सिलोना यो सहित ४२औ पटक फाइनलमा पुग्दा ३० पटक उपाधि जितेको छ भने ११ पटक उपविजेता बनेको छ। 

त्यस्तै एथ्लेटिक बिल्बाओ कोपामा बार्सिलोनापछि धेरै उपाधि जित्ने टिम हो।  उसले अहिलेसम्म ३८ पटक फाइनलमा पुगेर २३ पटक उपाधि जितेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.