|

काठमाडौं : म्यानमारको सेनाले लोकतन्त्रमाथि गरेको ‘कू’ को विरोधमा वृहत नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ। 

ललितपुरको नख्खु उकालोमा  रहेको नेपालस्थित म्यानमार दूतावास नजिक  नागरिक आन्दोलनले आज विहान ११ बजे प्रदर्शन गर्न लागेको हो। 

१० वर्षे लोकतन्त्रमाथि म्यानमारको सेनाले ‘कू’ गरेर गत फेब्रुअरी १ तारिखमा शासन सत्ता आफ्नो हातमा लिएको छ। सत्ता हातमा लिएको सेनाले त्यसको विरोधमा गर्दा सेनाले प्रदर्शनकारीमाथि गोली चलाएर ५० भन्दा बढीको ज्यान लिइसकेको छ भने हज्जारौंलाई पक्राउ गरेको छ। 

लोकतन्त्रवादी नेतृ आङसाङ सुकी लगायत दर्जनौ शीर्ष नेता नजरबन्दमा रहेका छन्। सेनामाथि पश्चिमा देशहरुले दबाब बढाउँदै आएका छन्। बाइडेन प्रशासनले म्यानमारको सेनामाथि कडा कदम चाल्ने चेतावनी दिएको छ। 

राष्ट्रसंघले म्यानमारको सेनामाथि प्रतिबन्धको घोषणा गरेको छ। यस्तै बेलायतले आज म्यानमारको सेनामाथि थप कदम चाल्न राष्ट्रसंघको सुरक्षा परिषद बैठक पनि बोलाएको छ। नेपालले भने यस बारेमा अझै सम्म पनि केही बोलेको छैन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.