|

काठमाडौं :  सरकारसँग सम्झौताका लागि हस्ताक्षर र सम्बोधन गर्न नेकपाका महासचिव  नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदैछन्। 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै मञ्चमा देखिँदै छन्।  सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दैछन्।

दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि राति नै आउने तयारी गरेका विप्लव  आज विहान नवलपरासीबाट  काठमाडौं आउँदै गरेको विप्लव निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए। 

काठमाडौं आउनु अघि उनले सहिद परिवारलाई भेटेका थिए। त्यसपछि उनी काठमाडौं हिँडेको डुम्रेको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.