|

इलाम : सुखानी सहिदहरुको स्मृतिमा इलामको माई नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। फागुन १७ गते बसेको कार्यपालिकाको बैठकले वडा नम्बर ४ को सुखानी क्षेत्रमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा बिदा दिने निर्णय गरेको हो।

इलाम र झापाको सिमानामा पर्ने सुखानीमा २०२९ फागुन २१ झापा कारागारबाट इलाम कारागार सार्ने बहनामा तत्कालीन पञ्चायती शासकहरुले बामपन्थी नेता रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठको हत्या थियो। उनीहरुको सम्झनामा हरेक वर्ष फागुन २१ गते सुखानीमा कार्यक्रम गरिँदै आएको छ।
 
सुखानी सहिदहरुको सम्झनामा ओली समुह निकट युवा संघले वडा स्तरीय महिला र पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको छ। फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा १० वटै वडाका महिला र पुरुष टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा पुरुष फुटवल प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै, महिला विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कृत गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.