|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहको संसदीय दलको बैठक सुरु भएको छ। संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सर्वोच्चले बदर गरेपछि पहिलो यही २३ गते संसदको बैठक बस्दैछ। संसद्‍मा कसरी अगाडि बढ्ने भन्नेबारेमा रणनीति तयार गर्नका लागि बैठक बोलाएको हो। 

प्रधानमन्त्री आली पक्षले प्रमुख सचेतक देव गुरुङलाई कारबाही गरेर विशाल भट्टराईलाई ल्याएका छन्। तर, प्रचण्ड माधव पक्षले अस्वीकार गरेको छ। 

यो समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको साथ खोजेको भए पनि उनीहरुले स्पष्ट निर्णय दिएका छैनन्। तर कांग्रेसभित्रबाट यो समूहलाई सरकार निर्माणमा साथ दिन सकिने आवाज पनि आएका छन्।

नेकपाका १ सय ७४ सांसदमध्ये १ जनाको निधन भएको छ। आज नेकपा विभाजनपछि नेकपाको सांसदहरुको पनि कित्ताकाट भएको छ। यसअघि ओली विरुद्धको अविश्वासको प्रस्तावमा ९० सांसदले हस्ताक्षर गरेका थिए। 

यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि संसदीय दलको बैठक बसिरहेको छ। नेकपा विभाजनपछि अब संसद्मा कसरी अगाडि बढ्ने भन्ने बारेको निर्णय लिन कांग्रेसले पनि बैठक बोलाएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.