|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन्। 

आफ्नै निवास बूढानीलकण्ठमा शनिबार विहान नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको पुस्तक विमोचन समारोहमा उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको स्पष्ट पारेका हुन्। 

‘मलाई प्रधानमन्त्री बन्ने मुड छैन, लोभ पनि छैन। यसमा लाग्नु पनि छैन।, देउवाले भने, अर्काको झगडामा कहाँ फस्ने अहिले? यो सब कुराको अर्थ छैन।’ प्रतिपक्षीलाई पाँच वर्ष सरकारमा जाने म्यान्डेट नभएको भन्नेहरूप्रति भने उनले असन्तुष्टि व्यक्त गरे। 

'म प्रधानमन्त्रीको रेसमै छैन। प्रधानमन्त्री बन्न चाहेकै छैन। कतिपय साथीहरूले प्रतिपक्षीलाई पाँच वर्ष सरकारमा जाने म्यान्डेट छैन पनि भनिरहेका छन्। त्यसो पनि होइन',उनले भने, 'विपक्षी दलको नेता जहिले पनि वेटिङ प्राइमिनिस्टर हो, तर म यसमा पनि छैन।’

प्रचण्ड–माधव समूहको नेकपाको प्रस्तावमा देउवा प्रधानमन्त्री हुने चर्चा चलिरहेका बेला देउवाको यस्तो धारणा आएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव लैजाने र नयाँ सत्ता समीकरणमा सहभागी हुने विषयमा छलफल तिब्र बनाए पनि कांग्रेस अझै अनिर्णित छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.