|

काठमाडौं : सहिद स्मारक बी डिभिजन लिगको शनिबारको खेलमा बोइज युनियन क्लब र भगवती क्लब बिजयी भएका छन्। पहिलो खेलमा बोइज युनियनले टुसाल युथ क्लबलाई १-० गोलको अन्तरले पराजित गरेको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बोइजको जितमा मिलन लिम्बूले निर्णायक गोल गरे। यससँगै बोइज युनियनल क्लब १० खेलबाट पाँच जितका साथ चौथो स्थानमा उक्लिएको छ। पराजित टुसाल दुई जित र तीन बराबरीका साथ ९ अंक बनाएर नवौं स्थानमा छ।

शनिबारको अर्को खेलमा भगवती क्लबले खुमलटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ। लिगमा दुई हार बेहोरेको खुमलटार यो हारसँगै उपाधि यात्राबाट पनि बाहिरिएको छ। एन्फा कम्प्लेक्समै सम्पन्न खेलमा भगवतीका डोन थापा र आशिष श्रेष्ठले गोल गरे।

खेलको २६ औं मिनेटमा खुमलटारका सविन केसीले गोल गर्दै अग्रता बनाए पनि भगवतीले पुनरागमन जित निकालेको हो। आजको हारपछि खुमलटारले दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। अहिलेको अंकतालिकामा खुलमटार दोस्रो र बाँसबारी तेस्रोस्थानमा छ। शनिबारको खेलमा जित निकालेको भगवती १२ अंककासाथ सातौं स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.