|

बैतडी : दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको मेयर कप क्रिकेट प्रतियोगितामा शनिबार पनि दुई खेल सम्पन्न भएका छन्। दशरथचन्द नगरपालिका–५ दशरथचन्द र वडा नम्बर २ देहिमाडौं विजयी भएका छन्।

दशरथचन्द खेल मैदानमा सम्पन्न खेलमा वडा नम्बर ६ थालिगडालाई ५३ रनले स्तब्ध पार्दै दशरथचन्द सेमिफाइनलमा प्रवेश गरेको छ। दशरथचन्दले दिएको १ एक सय ६२ रनको लक्ष्य पन्छाएको थालिगडा १ सय ९ रनमा समेटियो। थलिगडाका लोकेन्द्र रावलले ३० रनको योगदान गरेपनि हार टार्न सकेन्। दशरथचन्दका रविन चन्दले चार विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको दशरथचन्दले आकाश रावलको सर्वाधिक ३१ रनको मद्दतमा १ सय ६१ रनको योगफल खडा गरेको थियो। थालिगडाका हिमाल ऐरी र सौरभ चन्दले समान २/२ विकेट झारे। दशरथचन्दका रविन चन्द म्यान अफ द म्याच चुनिए। लगातार २ खेलमा जित निकालेको दशरथचन्द सेमिफाइनल पुग्दा थालिगडा भने बाहिरिएको छ।

यस्तै शनिबार नै भएको अर्को खेलमा वडा नम्बर २ देहिमाडौंले वडा नम्बर ९ ग्वाल्लेकलाई ५४ रनले पराजित गरेको छ। यि दुवै टोली यसअघि नै प्रतियोगिताबाटै बाहिरिसकेका हुन्। फागुन १८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले  ५० हजार पुरस्कार पाउने  नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। प्रतियोगिता फागुन २५ गते सम्पन्न हुनेछ।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.