|

काठमाडौं : काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछ।

टियु क्रिकेट मैदानमा हुने खेलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। आज दुबै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।

पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो। पुलिसले बागमती प्रदेशलाई २ रनले पराजित गरेको थियो।  यस्तै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रवेश र काठमाडौं मेयर–११ बीच खेल हुनेछ।

बागमती पहिलो जितको खोजीमा हुनेछ। काठमाडौं मेयर–११ भने सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ। काठमाडौं मेयर–११ को यो पहिलो खेल हो। प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन्।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.