|

काठमाडौं : कोरोना भाइरस (कोभीड–१९) विरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि शुरू भएको छ। दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने कार्यक्रम छ।

विहानैदेखि त्रिवि शिक्षण अस्पताललाई खोप लगाउनका लागि वृद्धवृद्धाको भीड लागेको छ। ६० वर्षीय लोकमान श्रेष्ठले खोप लगाउन आफू उत्साहित बनेको बताए।

यस्तै, हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइनेछ। दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने कार्यक्रम छ। खोप अभियान ६ हजार खोप केन्द्रबाट सञ्चालन गरिँदैछ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो। पहिलो चरणमा चार लाख २९ हजारलाई खोप लगाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.